नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा संखुवासभाबाट ८ जनाको उम्मेदवारी



खाँदबारी । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा संखुवासभाबाट ८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले आदिवासी जनजाति क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् भने अन्य ७ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

पूर्वसांसद टंकप्रसाद राईले आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । अर्का पूर्वसांसद पासाङ शेर्पाले अल्पसंख्यक क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, निवर्तमान केन्द्रीय सदस्य दीपकुमार श्रेष्ठले भुगोल, महेश थपलियाले भूगोल, निरु तामाङ बस्नेतले खुला महिला, ज्ञानबहादुर कार्कीले खस–आर्य खुला तथा दीपेन्द्र न्यौपानेले कोशी प्रदेश युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका लागि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार