नेपाल भलिबल संघकाे साधारण सभा खाँदबारीमा 



खाँदबारी । नेपाल भलिबल संघकाे साधारण सभा खाँदबारीमा सुरु भएकाे छ । देशै भरका भलिबल खेलाडी र पदाधिकारीहरुकाे उपस्थितिमा खाँदबारी ३ स्थित मिस यु पार्कमा सनिबारबाट साधारण सभा सुरु भएकाे हाे ।

काेशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र राईकाे प्रमुख आतिथ्यता तथा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दकाे अध्यक्षतामा उद्घाटन सत्र सुरु भएकाे हाे । साधारण सभामा केन्द्रीय समितिका पदाधिकारीहरु, प्रदेश र जिल्लाका अध्यक्ष तथा प्रतिनीधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन सत्रमा सङ्खुवासभा स्थित विभिन्न राजनितिक दलका प्रतिनीधिहरु, जिल्ला समन्वय समितिका प्रमुख लगायत दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे ब्यवस्थापन काेशी प्रदेश भलिबल संघ र जिल्ला भलिबल संघ सङ्खुवासभाले गरेकाे थियाे । नेपालकाे राष्ट्रिय खेल भलिबलकाे साधारण सभा जस्ताे गरिमामय कार्यक्रमकाे आयाेजना गर्न सङ्खुवासभालाई छनाैट गरेकाेमा आयाेजकलाई जिल्लावासी बक्ताहरुले धन्यवाद दिएका थिए ।

साधारण सभाकाे बन्दसत्रबाट महत्वपूर्ण निर्णयहरु गर्दै आईतबार कार्यक्रम सम्पन्न हुने आयाेजकले जनाएकाे छ ।

सम्बन्धित समाचार