लमजुङको मध्यनेपाल र रसुवाको उत्तरगयामा कांग्रेस विजयी



२ जेठ, काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिका कांग्रेस विजयी भएको छ । मध्यनेपाल नगरपालिकामा कांग्रेसका रमेशकुमार पाण्डे ५ हजार ९ सय ६१ मतसहित विजयी भएका छन् ।

मध्यनेपाल नगरपालिकाको उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिकामा पनि कांग्रेसकै उपेन्द्र लम्सालले जति हात परेका छन् । उनले १६ सय ३० मत पाए ।

उनले निकटतम् प्रतिद्वन्द्वी अशोककुमार घिमिरेले १४९२ मत पाए । उपाध्यक्षमा एमालेकी चमेली गुरूङ विजयी भइन् ।

सम्बन्धित समाचार