बालविवाह रोक्न खोज्दा गाउले आक्रमक



इटहरी /इटहरी स्थित वडा ८ मा हुदै गरको बालविवाह रोकिएको छ | उक्त घटना लाई लिएर जन्ती साथै स्थानीय आक्रोशित भएका छन | भनी नगर बाल संजाल र इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत माथि हातपात समेत गरेका छन |

इटहरी नगरबाल संजालको अगुवाइमा इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालको नेतृत्वमा गएको समुहले बालविवाह रोकेको थियो र उक्त घटनालाई इलाका प्रहरी कार्यलय पकलीमा अनुसन्धान लागि राखिएको छ |

अनुसन्धानका क्रममा स्थानीयले एउटा परिवार इज्जत लिलाम गरियो, हिजो  बालअधिकार कहाँ थियो आदि नाराबाजी समेत गरेका छन |

१८ बर्ष बताउदै आएकि तर १६ बर्ष उमेर भएकी सरिता थापा र लालभित्ति मोरंगका भिमबहादुर बिच विवाह सम्पन्न हुन् गई रहेको थियो तर नगर बाल संजाल विवाह हुन् नदिएको र बाल अधिकार समक्षण गरेको  नगर बाल संजालका अध्यक्ष नबराज भट्टराईले बताए  | भट्टराईले बाल अधिकार संरक्षक माथि हातपात भएको मा दु:ख ब्यक्त गरे |

सम्बन्धित समाचार