असार, सिरहा । लहान नगरपालिका–२२ जहदी गमरियाको पोखरीमा डुबेर बुधबार साँझ एक बलिकाको ज्यान गएको छ । स्थानीय फुलकुमार चौधरीको ५ वर्षीया अनुराधा चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो ।
साँझ ६ बजेतिर घर नजिकैको पोखरीमा डुबेकी उनलाई उपचारको लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया