८ असार, ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार दिउँसो चट्याङ लागेर एकै परिवार दुई जना घाइते भएका छन् ।
दिउँसो करिब दुई बजे घरमै बसिरहेका आठराई त्रिवेणि गाउँपालिका-३ का सासु बुहारी चट्याङ् लागेर घाइते भएका हुन् । घाईते हुनेमा ७४ वर्षीया गौरिमाया भट्टराई र उनकी २५ वर्षीया बुहारी कमला भट्टराई रहेका छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य चौकिमा उपचार भइरहेको स्थानीय नरेन्द्र अधिकारीले जानकारी दिए । उनीहरुको स्व्ाास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया