९ असार काठमाडौं । चर्को आलोचनापछि काठमाडौं महानगरका नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको छ ।
शुक्रबार साँझ बसेको बैठकले यो निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । एक जनप्रतिनिधिले भने, ‘हामीले जनताको सेवालाई सहज बनाउने पवित्र उद्देश्यले यो निर्णय गरेका थियौं । तर, आलोचना भएपछि स्थगित गरिएको छ ।’महानगरको हालै बसेको नगर कार्यपालिकाका बैठकले जनप्रतिनिधिहरुलाई ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएको छ ।
स्रोतका अनुसार मेयर र उपमेयरका साथै का नगर कार्यपालिकाका सदस्यहरु मोबाइल बाँड्ने निर्णय महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै प्रस्ताव थियो । मेयर शाक्यले उसलाई नकारात्मक रुपमा लिन नहुने बताएका थिए ।
बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा
काठमाडौं महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेबाट चिकित्सकहरुको टोली पठाएर बृद्धबृद्धाको घरमै स्वास्थ्य जााच गर्ने महानगरको निर्णय छ ।
प्रतिक्रिया