१२ असार, झापा । झापामा निर्वाचनमा खटिएकी स्वयंसेविकाको मृत्यु भएको छ । अर्जुनधारा–३ निवासी ४२ वर्षीया कमला भण्डारीको मृत्यु भएको हो ।
स्थानीय संयुक्त वडा कार्यालय, खुदुनाबारी मतदान केन्द्रमा परिचय पत्र वितरण गर्ने काममा खटिएकी उनी आइतबार बेलुकी अचानक बेहोस भएर लडेकी थिइन् ।
त्यसपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
प्रतिक्रिया