खाँदबारी नगरपालिकामा एमाले विजयी



सङ्खुवासभा, असार १८ गते । सङ्खुवासभाको सबै भन्दा जेठो खाँदबारी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका मुरारीप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ । उहाँसगै उपमेयरमा नेकपा एमालेकै डेगेश्वरी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

मेयरमा निर्वाचित खतिवडाले पाँच हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको छ भने उपमेयर श्रेष्ठले पाँच हजार चार सय ९३ मत प्राप्त गर्नुभएको छ । मेयरका निकटतम् प्रतिद्व््न्दी नेपाली कांग्रेसका महेश थपलियाले पाँच हजार एक सय ३१ प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका निर्मला तामाङ (बस्नेत) ले पाँच हजार दुई सय आठ मत प्राप्त गर्नुभएको छ ।

नव निर्वाचित मेयर खतिवडाले पत्रकारहरुसँग कुरा गर्नुहुँदै अब नगरपालिकाको कार्यालयमा सुशासनलाई प्राथमिकता दिने बताउनुभएको छ । नगरपालिकाबाट दिने सेवाको विषयमा जनगुनासो बढ्दै गएकोले सेवाग्राहीले सुशासनको अनुभति गराउने बताउनुभएको हो । त्यस्तै, मत माग्ने क्रममा आफुहरुको प्रतिबद्धता पत्रमा उल्लेख गरेका कार्यहरु कार्यन्वयन गर्ने बताउनुभएको छ । नगर विकासको लागि एउटा विज्ञ टोली गठन गरी विकासका कामहरु अगाडी बढाउने बताउनुभएको छ ।

अन्तिम मतपरिणाम घोषणा भएसँगै समर्थक र कार्यकर्ताहरुले विजेताहरुको पक्षमा नारावाजी गरेका छन् । दुवै निर्वाचित उमेद्वारहरुको सहभागितामा ¥यालीको आयोजना गरि खाँदबारी नगर परिक्रमा गरेका छन् । ढोल झ्या्म्टा र स्थानीय बाजागाजा सहितको ¥यालीमा निर्वाचित ब्यलाई स्थानीय नगरवासीहरुले फुलमाला र अविरले स्वागत सम्मान गरेका छन् । नगर परिक्रमापछि नेकपा एमाले पार्टी कार्यालयमा बधाई ज्ञापन कार्यक्रम आयोजना गरिएको छ ।

सम्बन्धित समाचार