पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ। यो खबर आजको कान्तिपुरबाट लिएका हौ ।
इन्टरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ । भारतको पहिलो नेपाली टीभी च्यानमाथि प्रतिबन्धपटि दार्जिलिङका नेपाली भाषी थप आन्दोलित बनेका छन् । बंगाल सरकारले गोर्खाल्याण्ड आन्दोलनलाई थप दमन गर्ने नीतिअनुसार टीभीमा समेतप्रतिबन्ध लगाएको उनीहरुको आरोप छ ।
एबीएन टीभीका सिनियर जर्नालिस्ट रूबेन गुरुङले बंगाल सरकारको ठाडो निर्देशनमा प्रसारण बन्द गराइएको बताए । ‘पूर्वजानकारी बिना अचानक तालाबन्दी गर्दा हामी आतंकित छौ,’ उनले भने,‘ यो बंगाल सरकारको ज्यादती हो।’ उक्त च्यानलले गोर्खाल्याण्डको पक्षमा समाचार प्रशारण गरेको प्रशासनको आरोप छ । सिलगुढीका प्रहरी कमिसनर नीरज सिंहले माथिको आदेशअनुसार टिभी प्रशारण रोकिएको बताए ।
प्रतिक्रिया