सङ्खुवासभाका गुरुङ जनप्रतिनिधीहरु सम्मानित



संखुवासभा, ६ भदौ । स्थानीय तहको निर्वाचनबाट निर्वाचीत हुनुभएका संखुवासभाका तमु (गुरुङ)हरुलाई सम्मान गरेको छ । तमु (गुरुङ) हरुको छाता संस्था तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति संखुवासभाले मंगलबार एक समारोहका बिच संखुवासभा जिल्लाबाट निर्वाचीत जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो ।

स्थानीय निर्वाचनमा विभिन्न राजनैतिक पार्टीबाट जिल्ला भित्र २८ जना गुरुङहरु विभिन्न पदमा निर्वाचीत हुन भएकाले उहाँलाई खाँदा, अबिर र सम्मानपत्रद्धारा सम्मानित गरिएको समितिका अध्यक्ष मित्रकुमार गुरुङले जानकारी दिए । त्यसको साथै कार्यक्रममा केन्द्रिय समितिमा निर्वाचीत केन्द्रिय सदस्य विनोदसुब्बा गुरुङ, त्रिभुवन विश्वविद्यालय प्रज्ञापरिषदका सदस्यमा मनोनित बरुण बहुमुखी क्याम्पस प्रमुख टिकाराम गुरुङ, २५ बर्षको कलिलो उमेर सगरमाथामा पाइला राख्न सफल आरोही भुमिरा गुरुङ, नेपाल पर्वतारोहण संघ (एनएमए) सचिवमा निर्वाचीत टिकाराम गुरुङ (लिङ्गाम), संखुवासभा उद्योग बाणिज्य संघक निर्वाचनमा सदस्यमा निर्वाचीत नरेश गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका तमु (गुरुङ)हरुको बाक्लो उपस्थिती रहेको थियो । पूर्वी पहाडी जिल्लाहरु मध्ये सबैभन्दा बढि गुरुङको जनसंख्या भएको जिल्ला संखुवासभा नै हो

सम्बन्धित समाचार