सङ्खुवासभा, कातिक ८ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ३ स्थीत ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको भवन सम्पन्न गरि स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । निर्माण सुरु भएको ८ बर्षपछि निर्माण कार्य सम्पन्न गरि आज एक कार्यक्रम आयोजना गरेर स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
सो भवन निर्माणको लागि आर्थिक बर्ष ५६/६६ मा सम्झौता गरि निर्माण कार्य थालिएको थियो । २९ कोठा रहेको एक तले सो भवनको निर्माण लागत ३ करोड ५८ लाख २८ हजार ४ सय ५९ रुपैयाँ रहेको छ । हालै सम्पन्न भएको सो भवनबाट केही दिनमै सेवा विस्तार गर्ने ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ एसिस्टेन्ट दिपेश कुलुङले जानकारी दिनुभयो । सो भवनबाट एक्स– रे, ल्याब लगायत अन्य थप सेवाहरु प्रबाह गरिने र सोको लागि सम्पुर्ण उपकरणहरु आईसकेको समेत कुलुङले जानकारी दिनुभयो ।
भवन हस्तान्तरण कार्यक्रममा सिलिचोङ गाउँपालिका प्रमुख रामबहादुर कुलुङ, स्थानीय राजनितिक दलका प्रतिनिधीहरु, सहरी विकास कार्यालय धनकुटाका ईञ्जीनियर रञ्जन निरौला, निर्माण कम्पनी कुन्सालिङ कन्स्ट्रक्सनका मिगुर शेर्पा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया