खाँदबारी, कातिक २२ गते । नेपाल नेत्रज्योती संघ सङ्खुवासभा द्वारा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्र र खाँदबारी नगरपालिका ५ नम्बर वडाको आयोजनामा आज आँखा तथा कान सम्बन्धी शिविर सञ्चालन भएको छ ।
माल्टा स्थिीत सरश्वती माविमा सम्पन्न भएको शिविरमा तीन विद्यालयका चार सय विद्यार्थी र ६६ जना स्थानीयले आँखा तथा कान परिक्षण गरेका छन् । परिक्षण गरेका मध्ये १२ जना जेष्ठ नागरिकहरुको मोतियाबिन्दुको अप्रेसन र १० जनाको कानको सल्यकृया गर्नु परेको परिक्षणमा संलग्न स्वास्थ्यकर्मी छितिज बरालले जानकारी दिनुभयो ।
आँखा परिक्षणको क्रममा २० जना विद्यार्थीहरुलाई थप उपचारको लागि खाँदबारी स्थीत तेजरत्न आँखा उपचारकेन्द्रमा रिफर गरिएको बताउनुभएको छ । कानको अप्रेसनको लागि भने जिल्ला बाहिर लैजानु पर्ने समेत बरालले जानकारी दिनुभयो । शिविरमा आँखा र कानको परिक्षण गर्नेहरु मध्ये आर्थिक अवस्था कमजोर हुने २० जनालाई निशुल्क औषधी वितरण गरिएको थियो ।
प्रतिक्रिया