सङ्खुवासभा, फागुन ११ गते । जिल्ला बाल क्लव समन्वय समिति सङ्खुवासभाको चौथो अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सरोकारवालाहरु र वालवालिकाहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।
जिल्ला वाल क्लव समन्वय समिति सङ्खुवासभाको अध्यक्ष खेवाहाङ मेवाहाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेसनले खाँदबारी २ चेवाका सञ्जय ओझाको अध्यक्षतामा १५ सदसिय जिल्ला वाल क्लव समन्वय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सन्ध्या लिङ्थेप, सचिवमा सम्झना श्रेष्ठ, सहसचिवमा शंकर खत्री, कोषाध्यक्षमा मनिता खम्बु रहेका छन् । समितिमा दश वटै स्थानीय तहहरुलाई समेटेर जिल्ला समन्वय समिति सदस्य चयन गरिएको आयोजकले जनाएको छ । समितिको कार्यकाल दुई बर्षको हुनेछ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, नेपाल रेडक्रस सोसाईटीका सभापती सरोजकुमार बज्राचार्य लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानीय तहका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया