संखुवासभा, चैत १० गते । सङ्खुवासभाको धर्मदेवी नगरपालिका ८ पिपलचोकमा चट्याङ पर्दा एक जना घाईते भएका छन् । शुक्रबार परेको चट्याङ लाग्दा स्थानीय ४१ बर्षीय श्रीमती योगकुमारी श्रेष्ठ घाईते भएका छन् ।
घाईते भएका श्रेष्ठलाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चट्याङबाट स्थानीय उदयबहादुर श्रेष्ठको तीन वटा बाख्रा मरेका प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया