सवितको ‘ए बुम्चे तानिते’को भिडियो सार्वजनिक




काठ्माण्डौ । युवा कलाकार सवित कुलुङको मातृभाषाको गीत ‘ए बुम्चे तानिते’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै निर्माण सम्पन्न भएको गीतको भिडियो काठ्माण्डौमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा सङ्खुवासभा स्थीत सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङ, कुलुङ संघ केन्द्रीय कार्यालयका पदाधीकारीहरु, कलाकार, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । हालै निर्माण गरिएको भिडियोको गीत एक बर्ष अघि नै बजारमा आएको थियो । महाकुलुङ साँस्कृतिक परिवारले ल्याएको गीती एल्बम ‘पोम्लालुङ्’ मा समावेश गरिएको उक्त गीतमा स्वर, शब्द र संगीत पनि सवित कुलुङकै रहेको छ ।

ईश्वर कुलुङको नृत्य निर्देशन रहेको भिडियोलाई सञ्चारकर्मी दिपक चाम्लिङले छाँयाङ्कन गरेका हुन् भने सिर्जन कुलुङले सम्पादन गरेका हुन् । ईश्वर, अरुणा, सिर्जन, रिना, भिमसेन, पवन, अहान्ता र विक्रम कुलुङको अभिनय रहेको भिडियोलाई बुढा सुब्बा डिजिटल प्रा.लीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । हेरौं उक्त म्युजिक भिडियो ।

सम्बन्धित समाचार