धनकुटामा तीन घर जलेर नष्ट



हिले । धनकुटाको महालक्ष्मीमा गए राति भएको आगलागीमा परि ३ घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राम बजारमा बिहान १ बजेतिर आगलागी सुरु भएको थियो ।

स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगो छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरमा समेत फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..