‘झम्के गुलेली’ले यसरी ततायो नेपाल आईडल




काठ्माण्डौ, कातिक ३० गते । अन्तराष्ट्रिय स्तरको नेपालको पहिलो गायत प्रतियोगिता नेपाल आईडलकोे शुक्रबार प्रसारित २७ औं भाग विशेष रह्यो । किनकी, लोक गायन विशेष थियो ।

हाल जम्मा ८ प्रतिष्पर्धीहरु विभिन्न जातिय भेषमा उपस्थित भएर त्यही अनुसारका लोक भाका प्रस्तुत गरेका थिए । सो मध्ये संखुवासभाको माटो बोकेको लोक भाका झम्के गुलेली सुमित पाठकले गाएका थिए । उक्त गीतले यति धेरै मञ्च ततायो कि, निर्णायक र प्रस्तोता विच केही समय जुहारी नै चल्यो ।

संखुवासभाली गायक कमलीकान्त भेटवालको आवाजमा रहेको उक्त भाका यस अघि पनि उत्तिकै चर्चामा थियो । झन नेपाल आईडलमा गाईएको र गरिएको चर्चाले थप उचाई पाएको छ । आईडलमा यसरी गीत प्रस्तुत गरिएको थियो । हेरौं उक्त भिडियो ।

सम्बन्धित समाचार