सिद्धकाली मेलाको तयारी पुरा




चैनपुर, मंसिर १८ गते । बाला चतुर्दशीको अवसरमा ऐतिहासिक धार्मिक स्थलसिद्धकाली मन्दिर क्षेत्रमा लगाईने मेलाको तयारी पुरा भएको छ । भोली साँभबाट सुरु हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मन्दिरमा भजनकिर्तन गर्नेहरुलाई मन्दिर परिषरमा पाल टाँगेर ब्यवस्थीत गरिएको छ । त्यस्तै मन्दिर परिषर हुँदै कैलाश डाँडासम्म सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मेला ब्यवस्थापनको लागि ससस्त्र प्रहरी बल ४ नम्बर गुल्मको अगुवाईमा कैलाश जानेबाटो सरसफाई मन्दिर परिषर क्षेत्रमा ईलाका प्रहरी कार्यालय तथा मेला समितिका पदाधीकारीहरुको उपस्थीतीमा सरसफाई सम्पन्न भएको हो । त्यस्तै मेलामा आउनेहरुको लागि खानेपानी, सौचालय, विद्युत ब्यवस्थापन, मञ्च ब्यवस्थापन सम्पन्न भएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका सचिव पदमबहादुर अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सुरक्षा ब्यवस्था मजबुद बनाईएको छ । भोली साँझबाट सुरु हुने मेलामा भोली सांगितीक कार्यक्रम आयोजना गरिएको छ । भोलीको कार्यक्रममा भविन ढुङ्गाना, उमाङ लामा, सुरेन्द्र पुलामी लगायतका कलाकारहरुको सांगितिक प्रस्तुति रहने सविच अधिकारीले जानकारी दिनुभएको छ । गत बर्षको तलनामा यस बर्ष विशेष कार्यक्रमको आयोजना गर्ने भएको हुँदा हजारौ भक्तजनहरुको सहभागिता रहने आयोजकले विश्वास गरेको छ ।

सम्बन्धित समाचार