चिचिला साँस्कृतिक सम्मेलनकाे तयारी धमाधम (भिडियाे सहित)



खाँदबारी । चिचिला गाउँपालिकाकाे आयाेजनामा यहि असाेज २७ गते सम्पन्न हुन लागेकाे अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलनकाे तयारी तिब्र बनाईएकाे छ । भारत, अमेरिका लगायतकाे साँस्कृतिक समुहहरुकाे उपस्थिति रहने उक्त कार्यक्रमकाे तयारी तिब्र बनाईएकाे हाे ।

कार्यक्रमकाे मञ्च गाउँपालिकाकाे प्राङ्गणमा निर्माण भईरहेकाे छ भने कार्यक्रम परिषर ताेरण टाँगेर झिलिमिलि बनाईएकाे छ । कार्यक्रम स्थलकाे एक छेउमा स्थानीय परिकारहरुकाे स्टल निर्माण गरिएकाे छ । स्टलमा स्थानीय परिकार पकाउनेहरुले आफ्नाे तयारी गरिरहेका छन् ।

कार्यक्रमकाे मुख्य प्रवेश मार्गमा २ वटा गेट निर्माण गरिएकाे छ । कार्यक्रम स्थल नजिकैकाे चिचिला बजारमा समेत ताेरण टाँगिएकाे छ । गाउँपालिकाकाे जनप्रतिनीधि, कर्मचारी तथा स्थानीयकाे सक्रियतामा कार्यक्रम स्थल निर्माण गरिएकाे छ । मञ्च तथा साउण्ड सिस्टम ब्यवस्थापनकाे लागि हिमाल साउण्ड सर्भिसलाई जिम्मेवारी दिईएकाे छ ।

कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयाे । २७ गतेकाे कार्यक्रमकाे लागि सम्पुर्ण जनप्रतिनीधि तथा कर्मचारीहरुलाई जिम्मेवारी बाँडफाड गरिएकाे अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।

कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय जातजातिहरुकाे साँस्कृतिक झाँकी र लाेप हुन लागेका सँस्कृतिहरु प्रदर्शन हुनेछ । त्यस्तै, भारतकाे आसाम प्रान्तका आदिवासी समुदाय कार्वी कुर्फाे र अमेरिकाकाे साँस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रमकाे मुख्य उद्देश्य पर्यटन प्रवर्धन रहेकाे गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे । उक्त कार्यक्रम पश्चात आसामका कार्वी समुदाय बार्षीक रुपमा चिचिला गाउँपालिका आउने अध्यक्ष शेर्पाले बताउनुभयाे । हरेक बर्ष हिमालकाे पुजा गर्ने उक्त समुदायले चिचिला गाउँपालिकाकाे भुभागबाट मकालु हिमालकाे पुजा गर्ने भएपछि चिचिला गाउँपालिकाले उनीहरुसँग भगिनी सम्बन्ध विस्तार गर्दै साँस्कृति आदान प्रदान गर्ने नीति लिएकाे छ । साे अनुरुप अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलनकाे आयाेजना गर्न लागेकाे पालिका अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयाे ।

गाउँपालिकाले पालिका भित्रकाे उच्च क्षेत्रकाे भुभाग उपलब्ध (अस्थायी रुपमा) गराउनु पर्ने र साे क्षेत्रमा उनीहरुकाे धार्मिक संरचना निर्माण गर्ने सहमति भएकाे छ । साे स्थानबाट हरेक बर्ष कार्वी समुदाय आएर हिमालकाे पुजा गर्ने  सहमति भएकाे छ । हरेक बर्ष सय जना भन्दा बढी हिमालकाे पुजा गर्नकै लागि चिचिला आउँदा त्यस क्षेत्रकाे स्थानीय उत्पादनले बजार पाउने गाउँपालिकाकाे अपेक्षा छ । उनीहरुकै माध्ययमबाट पनि पालिकाकाे प्रचार हुने समेत गाउँपालिकाकाे अपेक्षा रहेकाे पालिका अध्यक्ष शेर्पाले बताउनुभयाे ।

सम्बन्धित समाचार