संखुवासभा । संखुवासभाको मादीमा धार्मिक एकताको ज्ञान महायज्ञ शुक्रबारदेखि सुरु भएको छ । मादी बहुमुखी क्याम्पस सहयोगार्थ बहुधार्मिक, बहुसांस्कृतिक ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव गरिएको आयोजकले जनाएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किरात धर्मका धर्म गुरुहरुले प्रवचन दिनेछन् ।
हिन्दु धर्मका पण्डित दिनबन्दु पोख्रेल, बौद्ध धर्मका डा। शिरलामा गुरुङ, किरात धर्मका कमल तिगेला खेवाहाङ, डिबी आङबुङ लिम्बु र झुमा वनेम लिम्बुले प्रवचन दिनेछन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले बहुसांस्कृतिक र बहुधार्मिक ज्ञान महायज्ञ नेपालमा नै पहिलो हुनसक्ने विश्वास व्यक्त गरे । यो महायज्ञले समाजमा रहेको विभेद हटाएर सामाजिक एकता कायम गर्ने बताए । कार्यक्रममा बोल्दै सांसद गौतमले स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत क्याम्पसको भौतिक संरचना निर्माणका लागि १५ लाख रुपैंया बजेट सहयोग गर्ने बताए ।
२०४४ सालमा स्थापना भएको मादी बहुमुखी क्यापसको आर्थिक अवस्था ज्यादै दयनिय भएकोले बृहत्तर क्यापसको शैक्षिक विकास गर्न महायज्ञ गरिएको आयोजकले जनाएको छ । कार्यक्रम मादी नगरपालिकाको प्रायोजना तथा मादी बहुमुखी क्याम्पसको आयोजनामा भएको हो । कार्यक्रम फागुन ४ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया