भब्य समारोह बिच शताब्दी पुरुष ‘दारी लामा’लाई अभिनन्दन



संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको चिचिला गाउपालिका–१ पोखरी गाउँका १०० बर्ष पुगेको दारी लामालाई शताब्दी पुरुषको रुपमा सम्मान तथा अभिनन्दन गरिएको छ । गुरुङ जातिको जन्म देखी मृत्यू सम्म कर्मकाण्ड गर्ने धर्मगुरु पुरोहित दारी लामा अर्थात मानवीर गुरुङलाई १०० बर्ष पुगेको अवसरमा उनलाई सम्मान तथा अभिनन्दन गरिएको हो ।

१९७५ साल असार ११ गते जन्मिएको दारी लामाले अहिले एक सय बर्ष ९ महिना पुगेको अवसरमा उनैले स्थापना गरेको कायम्बु गुम्बाको आयोजनामा भब्य समारोह बिच जन्मोत्सव कार्यक्रम मनाइएको हो । कार्यक्रममा दारी लामालाई चिचिला गाउपालिकाले आफ्नो गाउपालिका भित्रका सबैभन्दा जेष्ठ नागरिक र धर्मगुरु पुरोहित समेत भएको भन्र्दै कार्यालयको तर्फबाट सम्मानपत्रद्धारा सम्मानित गरेको थियो । त्यसैगरि गुरुङ जातिहरुको साझा संस्था तमू ह्यूल छोजधीले समेत अभिनन्दनपत्रद्धारा अभिनन्दित गरेको थियो । त्यसपछि तमू प्ये ल्हु संघ, स्थानीय आमा समुह, टोल समुह र नातिहरु लगायत एकदर्जन संघसंस्था तथा ब्यक्तिहश्रको तर्फबाट समेत सम्मान गरेको थियो । दारी लामालाई बोकेर चिचिला बजारमा परिक्रमा गराउदै कार्यक्रम स्थलमा पु¥याइएको थियो ।

१०० बर्ष सम्म सम्म सक्रिय दारी लामाको हातबाट रिपा डोरी बाँध्ने र आर्शिवाद ग्रहण गर्नेहरुको भीड लागेको थियो । पूर्वी नेपालमा गुरुङ जातिको सबैभन्दा बढि पढेको र अध्ययनशील लामागुरुको रुपमा दारी लामालाई लिने गरिन्छ । उनीबाट हाल सम्म दर्जनौ चेलाहरु उत्पादन भइसकेका छन । दारी लामाले मोरङ, सुनसरी, कास्की गण्डक क्षेत्र र सिक्किम सम्म पुगेर अध्ययन गरेको बताउँछन । अझैपनि चस्मा नलगाई पुस्तक पढने गरेका दारी लामा चेलाहरुलाई बारम्बार ज्ञानगुण कुराहरु सिकाइ रहने गर्दछन ।

‘दारी लामा पूर्वी नेपालकै नक्षत्र—पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङ’

पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले दारी लामा गुरुङ जातिको पूर्वी नेपालकै नक्षत्र भएको बताएका छन । उनले दारी लामा जन्मोत्सब कार्यक्रमको प्रमुख अतिथीको रुपमा उदघाटन गर्दै यस्तो बताएका हुन । १०० बर्ष सम्म दारी लामाको स्वस्थ्य अवस्था र सक्रियता देखेर आफु छक्क परेको बताउर्दै उनले हासिलको गरेको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुनपर्ने बताए । ‘हामीले बेलैमा दारी लामाको ज्ञानहरु नयाँ पुस्ता हस्तान्तरण भएन भने उहाँको ज्यानपछि हराएर जानेछ त्यसैले संरक्षण गरिनुपर्छ ।’पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङले भने‘ पछिल्लो समयका मानिसहरुमा २५/३० बर्ष देखी नै कसैलाई टिभी लागेका छ भने कसैलाई सुगर लागेको छ । उहाँको छेउमा हामी चस्मा लगाएर हस्ताक्षार गर्नु समेत लाज मर्नु कुरा हो ।’

दारी लामालाई दीर्घायूको शुभकामना दिर्दै गुरुङले संखुवासभा जिल्लाका साथै पूर्वी नेपालमा नै दारी लामा गुरुङ जातिको धर्मकर्मकाण्डका बारेमा जिउदो इतिहास भएको ठोकुवा गरे ।

सम्बन्धित समाचार