संखुवासभाका २२ हजार बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईदै



संखुवासभा । जिल्लाका २२ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाउन सुरु गरिएको छ । १० स्थानीय तहका पाँचदेखि १२ वर्षमुनिका २२ हजार ३ सय १४ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन सुरु गरिएको हो ।

जिल्लाका २२ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । कोरोना भाइरस विरुद्धको खोप १० स्थानीय तहमध्ये सात स्थानीय तहमा आइतबार बाट सुरु भएको हो । पहिलो चरणमा भदौ ५ गते देखि १० गतेसम्म खाँदबारी, पाँचखपन, चैनपुर, मादी, धर्मदेवी नगरपालिका, सभापोखरी र चिचिला गाउँपालिकामा खोप लगाईदै छ ।

पहिलो चरणमा १८हजार २ सय ७४ जनालाई लगाउने लक्ष्य लिईइको छ भने दोस्रो चरणमा सिलिचोङ , मकालु र भोटखोला गाउँपालिकामा आगामी भाद्र १० देखि देखि १५ गतेसम्म लगाइने छ । उक्त चरणमा ४ हजार ८० जना बालबालिकालाई खोप लगाउन लक्ष्य लिईएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाका दुई सय ८२ शैक्षिक संस्था खोप केन्द्र राखिएको छ ।

खोप कार्यक्रमका लागि ३ सय ८२ खोप कार्यकर्ता र ६ सय ६४ जना स्ंवयमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए । जिल्लामा हालसम्म १२ बर्ष माथिका १ लाख १० हजार ५१ जनाले पुर्ण खोप लगाइ सकेको सूचना अधिकारी श्रेष्ठले बताए ।

सम्बन्धित समाचार