सिसुवाखोलाः प्रहरीलाई नै फन्फनी घुमाउने त्यो घटना




सङ्खुवासभा । अहिले जिल्ला प्रहरी प्रमुखकै नेतृत्वमा सिलिचोङ गाँपालिकामा प्रहरीको बाक्लो उपस्थिती छ । हत्याको घटनाले जिल्ला प्रहरी प्रमुख डिएस्पी, ईन्स्पेक्टर लगायतका अफिसर र जवानहरु सिलिचोङ र आसपासका क्षेत्रमा छरिएका छन् ।

सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाका बर्ष ३२ का किशोर राईले सामान्य बिवादमा गाउँकै ४० बर्षिय आईतबहादुर राईको हत्या गरेका थिए । गत गत मंगलबार मुस्ली (ओखलमा कुट्ने काठको मुडा) प्रहार हुँदा घटना स्थलमा नै राईको मृत्यु ।

उनलाई सिसुवाटार प्रहरी चौकीका सई लालबाबु मण्डलको नेतृत्वको टोलीले पक्राउ गरेर विना हट्कडी चौकी ल्याउने क्रममा हत्या गर्ने किशोर भागेका थिए । प्रहरीले पक्राउ गर्नु अघि गाउँका अन्य पाँच जनाको नाम तोकेर उनीहरुलाई पनि मार्ने बताएका थिए । यसरी पुनः अरुलाई पनि मार्ने योजना बनाएका किशोर प्रहरीको साथबाट फरार भएपछि गाउँमा त्रास फैलिएको छ । भागेका किशोरले कतिखेर र कस्लाई मार्ने हो भन्दै गाउँलेहरुमा त्रास फैलिएको हो ।

हत्या गरि किशोर फरार भएपछि गाउँलेहरु एक्लै घाँसपात गर्न जंगल जान छोडेका छन् । किशोरबाट हत्या हुने डरकै कारण उनीहरु एकान्तको बाटो एक्लै हिड्दैनन् । साँझ सवेरै खाना खाएर एकै ठाउँमा भेला भएर सुत्ने गरेको सिसुवाखोलाका युवा राजनितिकर्मी मञ्जिल कुलुङले जानकारी दिनुभयो । ‘नाम तोकेर फरार भएपछि सवै गाउँले डराएका छन्, बेलुका भएपछि सवै एकै ठाउँ भेला भएर सत्छन्’, कुलुङले भन्नुभयो । छिमेकीकै हत्या गरेपछि प्रहरीको जिम्मा लगाएको गाउँलेहरु यतिबेला प्रहरीसँग रुष्ट छन् । हत्या गर्ने किशोर भाग्नुमा प्रहरीको ठुलो हात रहेकोले तत्काल खोजेर नियन्त्रणमा राख्न गाउँलेको माग छ । उहाँलाई पक्राउ गरि थुनामा नराखेसम्म गाउँमा त्रास नहट्ने गाउँलेहरुको दावी छ ।

यता प्रहरी भने किशोरको खोजी कार्य तिब्र बनाएको छ । सई मण्डलको टोलीले मात्र फरार भएका किशोर नभेटेपछि अहिले ठुलो संख्यामा प्रहरी खटाई खोजी कार्य जारी राखिएको छ । यस अघि प्रहरी निरिक्षक सन्तोष राईको नेतृत्वमा खटाईएको प्रहरीले फरार अभियुक्त नभेटेपछि पुनः जिल्ला प्रहरी प्रमुख डिएस्पी मिनबहादर लामाको नेतृत्वको टोली पनि खटिएको छ । डिएस्पी लामाका अनुसार हाल ४२ जना प्रहरी जवान उनको खोजीमा खटिएको छ । केही प्रहरी सादा पोशाकमा पनि खटिएको उहाँले जानकारी दिनुभयो । अभियुक्त किशोरको हुलीया देशभरको प्रहरीलाई दिईसकेको र सवै क्षेत्रबाट खोज्ने काम भईरहेकोले केही दिनमा नै पक्राउ पर्नेे उहाँले दवी गर्नुभयो ।

किशोरलाई पक्राउ गरेर ल्याउने क्रममा फरार भएपछि सई मण्डललाई विभागिय कारबाहीको लागि प्रकृया अघि बढाईएको डिएस्पी लामाले जानकारी दिनुभयो । पक्राउ गरिसकेको अभियुक्त फरार हुनुमा सई मण्डलको गम्भीर त्रुटी भएकोले उहाँलाई विभागीय कारबाहि गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।

कसरी हत्या भयो आईतबहादुरको ?

किशोर राई दश बर्षे जनयुद्धका जनमुक्ती सेना हुन् । उनी सेना समायोजनको क्रममा अयोग्य ठहरिएपछि बिरक्तिएर रोजगारीको क्रममा मलेसिया पुगेका थिए । लामो समयपछि उनी घटना भएको मितिले एक हप्ता अघि मात्र गाउँ आईपुगेका थिए । हत्या गरिएको आईतबहादुरसँग सामान्य कुरामा झगडा सुरु भयो । त्यसपछि हात हालाहालको अवस्थामा आईपुगे । यहि क्रममा आईतबहादुरले ढोकाको आग्लोले किशोरलाई हाने र कञ्चटमा चोट पुग्न गयो । गाउँलेहरुले छुटाएपछि स्थीती सामान्य अवस्थामा आयो । यो घटना वडा नम्बर १ का अध्यक्ष कुलुङको घरमा भएको हो ।

यो घटनाको केही समयपछि आईतबहादुर पल्लो ढोकाबाट बाहिर निस्के । यहि मौका पारेर किशोर पनि अर्को ढोकाबाट निस्के र ढोका छेउमै रहेको मुस्ली टिपी लगेर आईतबहादुरको कञ्चटमा हाने । यसपछि सख्त घाईते बनेका आईतबहादुरलाई स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा मृत्यू भयो । (अलक्षकुमार राईका अनुसार)

कसरी भागे किशोर ?

घटनापछि सिसुवाटार प्रहरी चौकीलाई खबर गरियो । भर्खरै बढुवा भएका सई लालबहादुर मण्डल दुई जवानहरुलाई लिएरु घटनास्थल पुगे र किशोरलाई हट्कडी नलगाई चौकी तर्फ ल्याए । बाटो मै सई मण्डलले आईतबहादुरको मृत्यु भएको र अव कारबाहीको भोग्नु पर्ने बताएका थिए । आपसी कुटपिटको कारण सख्त घाईते बनेका किशोर हिड्न नसक्ने भन्दै कतै बस्दै र विसाउदै हिँडि रहे । घटना स्थल तेन्छोङदेखि ओरालो झर्ने क्रममा किशोरले ‘टोईलेट’ लागेको भन्दै सईको हातमा आफ्नो मोबाईल थमाएको र सौंच गर्न जाने बहानामा उनी भागेका थिए । (अलक्षकुमार राईका अनुसार)

सम्बन्धित समाचार