भाका पुरानो, स्वाद नयाँ ‘सै राजा सै सै’ (भिडियो सहित)




खाँदबारी । मुलतः किराँती समुदायले प्रकृतिलाई पुज्ने क्रममा ठुला पोखरीहरुलाई पनि पुज्ने गर्छन् । ठुला पोखरीहरुलाई देवताको रुपमा मान्छन् र पुज्ने गर्छन । त्यस्ता पोखरीहरुमा धामी झाक्रीहरुले समेत पुजा अर्चना गर्ने गर्छन । त्यस्ता पोखरीलाई साल्पा पोखरी भन्ने गरिन्छ ।

किराँती बाहुल्य क्षेत्रहरुमा रहेको थुप्रै पोखरी क्षेत्रमा पुजा गर्ने गरिएपनि भोजपुर, संखुवासभा र सोलुखुम्बुको संगमस्थलमा पर्ने साल्पो पोखरी बहुचर्चित छ । यो साल्पा पोखरीको दर्शन गर्न जाने र आउने क्रममा गाईने भाकालाई भरत कुलुङले टपक्क टिपेर गीतको स्वरुप दिईएको छ । थाल र ढ्याङ्ग्रोको तालमा पोखरीको महिमा गाईने यस भाकाको लयमा कुलुङले शब्द भरेका हुन् । मिठो शब्दमा मनोज साङ्सोन र सत्यकला राईले जीवन्त आवाज भरेका छन् । यसको संगीत संयोजन साङ्सोनले नै गरेका छन् । गीतमा साकेला सिलिको गीत पनि मिसाईएको छ ।

स्टुडियो किंगमा छायाँङ्कन गरिएको उक्त गीतको भिडियो हालै स्टुडियो किंगकै युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गरिएसँगै सकरात्मक प्रतिकृया आउन थालेको छ । यस गीतले स्थानीय लोक लयको संरक्षणमा ठुलो भुमिका खेल्ने श्रोता र दर्शकहरुले प्रतिकृया दिएका छन् ।

यस अघि भरत कुलुङकै शब्द रचनामा बजारमा आएको भोजपुरको सिरानी बोलको गीतलाई पनि अत्याधिक रुचाईएको छ । पछिल्लो समय बजारमा आएको ‘सै राजा सै सै’ पनि दर्शक श्रोताले मन पराईदिने अपेक्षा रहेको कुलुले बताउनुभयो ।

सम्बन्धित समाचार