काठमाडौं / परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो । सरकारी अधिकारीहरुले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो ।
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक सरिता दवाडीको सिक्टामा राज्यको ठूलो लगानी भइसकेकाले भत्केको मूल नहरमा थप क्षति नहोस् भनेर मन्त्रिपरिषद्ले मर्मतका लागि ६
० लाख रुपैयाँ दिने निर्णय गरेकाले वर्षअघि नै मर्मत हुन्छ,’ उनले भनिन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।


प्रतिक्रिया