नेपाली पूँजी बजार अझै बाल्यावस्थामा



पोखरा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् । पोखरामा आयोजीत ‘नेपाली पूँजी बजारका समाकालिन सवालहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै साउदले सो विचार व्यक्त गरेका हुन् ।

नेप्से र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस पूर्व विद्यार्थी मञ्चले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बोल्दै उनले हाल पूँजी बजार प्रविधि मैत्री हुनाले यसबाट लगानीकर्ताहरुले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए । नेप्सेले अनलाइन प्रणाली शुरु गर्दाको दिनहरुलाई सम्झँदै उनले भने,“बजारबाट अनियमित तबरले अकुत धन आर्जन गर्नेहरुले अनलाइन प्रणालीलाई लागु हुन नदिन त्यसबेला यसका विरुद्ध धेरै अनर्गल प्रचारबाजी समेत गरेका थिए ।”

सोही कार्यक्रममा बोल्दै अर्थ मन्त्रालय बैंक तथा वित्तिय महाशाखाका उप सचिव बैकुण्ठ निधि शर्माले पूँजी बजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताहरुले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार