मोरङ, १३ असार ।
मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका छन् । परिवारका अनुसार कहिले काँही असामान्य व्यवहार
देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिङ्ग काटेका हुन् ।लिङ्ग काटेपछि अस्पताल पुर्याइएको राईलाई हाल विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमको नर्मल वार्डमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपि विश्व अधिकारीले बताए । उनका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि
विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।परिवारका अनुसार चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवन गर्ने गरेका थिए । नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका बुवा बुमा राईले बताएको प्रहरीले जनाएको छ । राईको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार उनको पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ ।
प्रतिक्रिया