सोलुखुम्बु भ्रमणमा आएका एक बिदेशी नागरिकको मृत्यु



सोलुखुम्बु।   सोलुखुम्बु भ्रमणमा आएका एक जना बिदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी भएका छन ।

केन्याबाट नेपाल भ्रमणको लागि आएका ३३ बर्षीय पर्यटक GovinLakhman को मृत्यु भएको हो । उनी भदौ २९ गते माहाकुलुङ गाउँपालिका १ थाङ्नेस्थित मेरा गेष्टहाउसमा बसेको अवस्थामा बिरामी भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै, सोही गेष्टहाउसमा बसेका अन्य ७ जना पर्यटक समेत बिरामी परेका छन् । मृतक र बिरामी सातै जनासहित एक जना गाईडलाई रेस्क्यु गरी आज बिहान साढे ६ बजेको समयमा कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित समाचार