संखुवासभामा पछिल्लो ६ महिनामा सात बालिकालाई यौन दुव्र्यवहार भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक संखुवासाले सार्वजनिक गरेको तथ्याङ अनुसार गत जनवरी देखि हाल सम्म सात बालिकामाथि यौन दुव्र्यवहारको घटना भएको हो ।
इन्सेकका अनुसार ६ महिनाको अवधिमा महिला बलात्कारको घटना तीन वटा भएको छ भने एक महिलालाई बलात्कारको प्रयास गरिएको छ ।
इन्सेकका अनुसार जनवरी देखि हालसम्म चारजनाको हत्या, एक जनालाई हत्या प्रयास र एक बलात्कार घटना भएको छ । जिल्लामा ६ महिनाको अवधिमा १७ वटा मानव अधिकार उल्लङघनका घटना भएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि गर्दै शनिबार इन्सेकले सो तथ्याङ सार्वजनिक गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका इनिष्पेक्टर रामेश्वर पण्डितले इन्सेकले प्रकाशन गर्ने बर्ष पुस्तक एउटा दस्ताबेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नु पर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए ।
उनले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थिति अनुसार इन्सेक अगाडि बढ्नु पर्ने बताए ।
सहभागिहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नु पर्नेमा जोड दिएका थिए ।
इन्सेकले प्रत्येक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ भने प्रकासन पूर्व प्रत्येक वर्षको दुई पटक समिक्षा कार्यक्रम गर्ने गरेको छ ।
प्रतिक्रिया