भोजपुरको षडानन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन



प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा जिल्लाको सबैभन्दा धेरै व्यतिहरुले रोजगारी प्राप्त गरेका छन् । जिल्लामा नै सबैभन्दा पहिले सुरु भएको कार्यक्रममा १६३ जना वेरोजगार व्यक्तिहरुले काम गरिरहेका छन् ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत “कामको सम्मान, देशको अभियान” नाराको साथ सुरु भएको रोजगार कार्यक्रममा सार्वजनिक निर्माणका क्षेत्रहरुको निमार्ण तथा मर्मतको काम भईरहेको षडानन्द नगरपालिका न।पा।का रोजगार संयोजक निमदोर्जे तामाङ्गले जानकारी दिनुभयो ।

सडक, कुलो तथा पर्यटन विकास लगायतका क्षेत्रमा योजना छनौट गरी सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा सूचीकृत वेरोजगार व्यक्तिहरुलाई रोजगारी दिइएको हो ।
यसैबीच अनुगमनको क्रममा नगरपालिकाका जनप्रनिधिहरुले काम उत्कृष्ट भएको भन्दै प्रशंसा गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरु र रोजगार संयोजकले गरेको संयुक्त अनुगमनमा जनप्रतिनिधिहरुले यस्तो प्रतिकृया दिएका हुन् ।
अनुगमनको क्रममा श्रमिकहरुसँग साक्षात्कार, उनीहरुको गुनासा, समस्याहरुलाई सम्बोधन समेत गरिएको रोजगार संयोजक तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल बनाउन र सबै श्रमिकहरुलाई कामप्रति उत्प्रेरित गर्न अनुगमनलाई तीब्र बनाइएको हो ।
आयोजना सफल बनाउन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सरोकारवाला निकाय लगायतको सल्लाह, सुझाव, सहयोग र हौसला अपरिहार्य रहेको पनि संयोजक तामाङले बताउनु भयो ।

सम्बन्धित समाचार