नेपाल भारतको सिमा छुट्याउने पिलर बाढीले ढाले



कपिलवस्तु । नेपाल–भारतको सीमा छुट्याउन गाडिएका कपिलवस्तुका चारवटा पिलर बाढीले ढालेको छ ।

विजयनगर–७ ठकुरापुरमा रहेको चरगाहवा नदीमा आएको बाढीले पिलर ढालेको हो । नेपाल–भारत सिमा सुरक्षा समितिले बनाएका पिलर बाढीले ढालेको हो ।

कमसल सामग्री प्रयोग गरेर पिलर निर्माण गरिएकाले बाढीले सहजै ढालेको विजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीले बताए ।

नेपाल–भारत सिमा सुरक्षा समितिले पिलर बनाउन ठेकेदारलाई जिम्मा दिए पनि ती ठेकेदारले पुनः अर्काे स्थानीय ठेकेदारलाई जिम्मा दिँदा यस्तो अवस्था आएको चौधरीले बताए । एक वर्षअघि मात्र ती पिलर बनाइएको थियो ।

सम्बन्धित समाचार