काठमाडौं ।आफ्नै बहिनी र दिदी बलात्कार गरेको आरोपमा दाजु र भाइ पक्राउ परेका छन् । घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको हो ।
मण्डललाई पक्राउ गरेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो । पीडित बालिकाले आफूहरुलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेका थिए । त्यसपछि प्रहरीले दाइ र भाइलाई समेत पक्राउ गरेको हो ।
तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार रगेकाे बताएकी छन् । खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया