२४ अंकले घटेको नेप्सेमा कारोबार रकममा नयाँ रेकर्ड


३१ श्रावण २०७८, आइतबार


साताको पहिलो कारोबारका दिन २४ अंकले घटेको नेप्सेमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। यसअघि १९ अर्बसम्मको सेयर खरिद–बिक्री रकमलाई ब्रेक गर्दै आइतबार कारोबार रकमले नयाँ रेकर्ड बनाउन सफल भएको हो। गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको छ। मौद्रिक नीतिमा सेयर लगानीकर्ताहरूले व्यक्तिगत र संस्थाको हकबाट चार करोडदेखि १४ करोडसम्म मात्र सेयर लोन लिन सकिने सीमा तोकिदिएको छ। ठूला लगानीकर्ताहरूले भने यस सम्बन्धमा आपत्ति जनाएका छन्। नेप्सेमा त्यसकै प्रभाव परेको हुन सक्ने सेयर लगानीकर्ताहरू बताउँछन्।

आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख कित्ता ९इकाइ० सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार हुन पुगेको छ। पहिलो कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ।

सम्बन्धित समाचार