६ बुदेँ बिराटनगर घोषणा पत्र जारी गर्दै पान काेशीको दोश्रो सम्मेलन सम्पन्न



बिराटनगर । प्रधानाध्यापक संघ नेपाल (पान) को दोश्रो कोशी प्रदेश सम्मेलन ६ बुदेँ बिराटनगर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनको प्रमुख अतिथी सामाजिक विकास मन्त्रालयका सचिब हेमराज तामाङले प्रधानाध्यापकहरुले कोशी प्रदेशको आगामी शिक्षा नीति निर्माण महत्त्वपूर्ण सुझाब सहित प्रस्तुत हुनुपर्ने बताए । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पोखरेल, प्रा.डा. बद्री बिलास पोखरेल र नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेल सम्मिलित प्यानल छलफल भएको थियो ।

सामुदायिक विद्यालय र गुणस्तर सुधार शिर्षकको छलफलमा निर्देशक कृष्ण पोखरेलले प्रचलित ऐन, कानुनको आधारमा मात्र नरही प्रधानाध्यापकहरुले सामाजिक परिवेश र आवस्यकताको आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्न नेतृत्वदायी भुमिका खेल्नु पर्ने विचार ब्यक्त गरे । प्रा.डा. बद्री विशाल पोखरेलले प्रधानाध्यापकहरु गैरराजनीतिक भएर सामाजिक अभियान्तको रुपमा काम गर्न सके मात्र विद्यालय सुधार हुने बताए ।

प्रधानाध्यापक संघ नेपाल संखुवासभाको अध्यक्ष कुबेर प्रसाद भेटुवालले सहजीकरण गरेको उक्त प्यानल छलफलमा नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले सार्बजनिक शिक्षा सुधारमा प्रचलित कानुनहरु कहिलेकाही बाधक भइदिने गरेको र विद्यालयहरु स्रोत साधानको हकमा स्वयत्त हुन नसकेको बताए ।

उदघाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला र सुकुना माध्यमिक विद्यालयक प्रधानाध्यापक तथा पानका केन्द्रिय सल्लाहकार हिक्मत बहादुर बस्नेतले शुभकामना मनतव्य राखेका थिए ।

कोशी प्रदेशका चौध जिल्लाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सम्मीलित सम्मेलनमा मिडास र सजिलो शिक्षा नामक शिक्षा सम्बद्ध सँस्थाले बालकक्षाको सिकाइ र सिकाइमा सुचना प्रबिधिको प्रयोग सम्बन्धि प्रस्तुति पनि गरेका थिए ।

पानका कोशी प्रदेश समिती अध्यक्ष विश्वरसिंह मेवाहाङको सभापतित्वमा भएको उक्त सम्मेलनले २३ सदस्यीय समितिलाई दुई जना समिती सदस्य चयन गरि २५ सदस्यीय प्रदेश समिती बिस्तार गर्‍यो । आदर्श माबी बिराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेल र नरेन्द्र जनता माबी कमल गाउँपालिका झापाका प्रधानाध्यापक बद्री कार्कीलाई सम्मेलन सर्ब सम्मत चयन गरेको थियो ।

सम्बन्धित समाचार