खाँदबारीमा डेंगु सम्बन्धि एकदिने अभिमुखिकरण



संखुवासभा । खाँदबारी नगरपालिकाको आयोजना तथा नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा डेंगु रोग सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएकाे छ ।

शनिबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका महेश थपलियाकाे अध्यक्षता संचालन भएको थियोभने प्रमुख अतिथिको रूपमा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाई रहेका थिए ।

अन्य विशिष्ट अतिथिहरूमा खाँदबारी वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोज बज्राचार्य, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्ण राज शाक्य रहेका थिए ।

कार्यक्रममा नगरकार्यपालिकाका सदस्य, वडा नम्बर १ का सदस्यहरु, पत्रकार, टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरू, स्थानिय क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता ।

सम्बन्धित समाचार