राष्ट्रिय कर दिवसमा संखुवासभाको उत्कृष्ट करदाता सम्मानित



खाँदबारी । राजस्व कार्यालय धरानले संखुवासभाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १३ औं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी आय कर तिरेका करदाता नारायण श्रेष्ठलाई सम्मान गरेको हो ।

अनु आइरन स्टोर खाँदबारीका सञ्चालक श्रेष्ठले आर्थिक वर्ष २०७९र८० मा संखुवासभा जिल्लाबाट सबै भन्दा धेरै कर तिरेको कर दाता सेवा कार्यालय खाँदबारीका प्रमुख योगेश भट्टराईले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का एवं आन्तिरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यले श्रेष्ठलाई एक कार्यक्रमका विच सम्मान गरेका थिए । श्रेष्ठले गत आर्थिक वर्षमा करिब २१ लाख रुपैयाँ आय कर तिरेका थिए । उद्योग बाणिज्य संघ सङ्खुवासभाको सभाहलमा भएको करदाता शिक्षा तथा करदाता सम्मान कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत प्रेमकुमार राई, उद्योग बाणिज्य संघ अध्यक्ष कृष्णभगत प्रधान एवं उद्योगी व्यापरीहरुको उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार