अक्कर दुर्घटनामा परेकाहरुको अवस्था अझै अज्ञात, आज गोताखोर टोली आउदै



खाँदबारी । अक्करको भिरमा दुर्घटना भई अरुण नदिमा वेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । हिजो (बुधबार) सम्म नै घटना स्थलमा लगातार पानी परेपछि बेपत्ता भएकाहरुको खोजी गर्न समस्या परेको हो । लगातार पानी परेपछि अरुण नदिमा पानीको बहाब बढेकोले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीले उद्धार र खोजी गर्न नसकेपछि गोताखोर टोली बोलाईए पनि प्रतिकुल मौसमको कारण उक्त टोली आउन सकेको छैन । आज मौसममा केही सुधार देखिएकोले गोताखोर टोली आउने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाले जानकारी दिनुभयो । आज हेलिकप्टरबाट तुम्लिङटारमा ओर्लिएर घटनास्थलमा पुग्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार