भोजपुर । भोजपुरमा १३ वर्षिया वालिकाको विषादी सेवनका कारण ज्यान गएको छ । आमचोक गाउँपालिका–३ थिदिंखाका डिकबहादुर सुवेदीको १३ वर्षिया छोरी निर्मला सुवेदीको ज्यान गएको छ ।
घरमा कोहि नभएको वेला धानमा लगाउने विषादी खाँदा चण्डेश्वरी माध्यामिक विद्यालय बालांखमा कक्षा–४ मा अध्ययनरत निर्मलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डवकुमार राजवंशीले जानकारी दिए ।
विषादि सेवन गरी घाइते भएका सुवेदीको उपचारको क्रममा स्थानीय मेडिकलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रतिक्रिया