राजविराज नगरपालिकाले कुनै कार्यक्रम नगरेको नारावाजी गर्दै विरोध प्रदर्शन गरे



राजविराज । मुलुकभर आईतबार विविध कार्यक्रमको आयोजना गरी बाल दिवस मनाई रहँदा राजविराज नगरपालिकाका बालबालिकाले भने नगरपालिकाले बजेट नदिएको तथा कुनै कार्यक्रम नगरेको भन्दै याली सहित नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय बालदिवस मनाउनका लागि नगरपालिकाले बजेट नछुटयाएपछि उनीहरुले नगरपालिका विरुद्घ चर्को नारावाजी गर्नुका साथै नगर प्रमुख शम्भु प्रसाद यादवलाई ज्ञापन पत्र सहित ५ रुपैया सहयोग समेत प्रदान गरेका छन् । स्थानिय शिव मन्दिरको प्राङ्गनबाट जिल्लाबाल संजाल, नगर स्तरिय बाल संजाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपाल लगायत संस्थाको संयुक्त अगुवाईमा निकालिएको बालबालिकाको जुलुस नगरपालिका विरुद्घ चर्को नारावाजी गर्दै नगरपालिकाको कार्यालयमा पुगी नगरप्रमुख यादवलाई ज्ञापन पत्र सहित ५ रुपैया सहयोग समेत बुझाएका छन् ।
बालदिवस मनाउन नगरपालिकाले कुनै बजेट नछुटयाएकाले विरोध स्वरुप ५ रुपैया सहयोग गरेको बाल अधिकारको लागि राष्ट्रिय अभियान नेपाल सप्तरीका सह संयोजक सौरभ यादवले बताए ।

सम्बन्धित समाचार