खाँदबारी । अपांगता भएका द्वन्द्व पिडितहरुको राष्ट्रिय सञ्जालल द्वन्द्व पिडितहरुका १४ फोटो कथाहरु प्रदर्शन गरेको छ । सञ्जालले आज खाँदबारीको पोखरी पार्कमा उक्त प्रदर्शनीको आयोजना गरेको हो ।
प्रदर्शनीको स्थानीय संयोजन जिल्ला अपांग संघ संखुवासभाले संयोजन गरेको हो । दश बर्षे द्न्द्वको क्रममा राज्य पक्ष र तत्कालिन माओवादी विचको युद्धको त्रममा घाईते भएका सर्वसाधारणहरुको प्रतिनिधीमुलक तस्विरहरु प्रदर्शन गरिएको हो । प्रदर्शनीमा फोटोसँगै सम्बन्धीत ब्यक्तिहरुको कथा उनीहरुकै आवाजमा सुन्ने ब्यवस्था गरिएको थियो । त्यस्तै, भिडियोमा हेर्ने ब्यवस्था समेत गरिएको थियो ।
प्रदर्शनीलाई जिल्लाका विद्यार्थीहरु, जनप्रतिनिधी, ब्यापारि लगायतले अवलोकन गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडा, उपमेयर डेगेश्वरी श्रेष्ठ, उद्योग बाणिज्य संघ संखुवासभाका अध्यक्ष युवराज शाक्य लगायतले पनि अवलोकन गरेका थिए ।
तत्कालिन द्वन्द्वको क्रममा अनाहकमा धेरैले ज्यान गुमाएको र कत्तिले अपांग भएर बस्नु परेको अवस्थालाई देखाउन प्रदर्शनीको आयोजना गरिएको अपांगता भएका द्वन्द्व पिडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिनुभयो । द्वन्द्वले पार्ने प्रभावहरुको बारेजमा जनचेतना जगाउनको लागि पनि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । दश बर्षे द्वन्द्वको अनुभव नगरेको अहिलेका विद्यार्थीहरुले पनि प्रदर्शनीको माध्ययमबाट द्वन्द्वको प्रभाव नजिकबाट नियाल्न प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया