खाँदबारी । जिल्लाको सदरमुकाम खाँदबारीमा अरुण बरुण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । खाँदबारी १ प्रगतीटोल स्थीत कार्यालय परिषरमा भब्य कार्यक्रमको आयोजना गरि सहकारीको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालीकाका प्रमुख मुरारीप्रसाद खतिवडाले नगरको मात्र नभएर जिल्लाकै आर्थिक क्षेत्रको सुधारमा सहकारी संस्थाले उल्लेखनिय भुमिका निर्वाह गर्ने बिश्वास लिएको बताउनुभयो । उहाँले नगरपालीकाले नगरक्षेत्र भित्रका सहकारीहरुको बिकास र ससक्तिकरणका लागि नगरपालीकाले बिभिन्न सहकारी सम्वन्धी निति लिएको जानकारी दिनुभयो ।
जिल्ला बचत संघ तथा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाकयले सहकारी खुल्नु ठुलो कुरा हैन तर यसलाई बृहत्तर हितका लागि दिगोरुपले टिकाईराख्न कठिन भएकाले थप तालिम र क्षमता अभिबृद्धिमा जोड दिँदै थप ससक्त भएर लागि पर्न आग्रह गर्नुभएको थियो । उहाँले बहुउदेश्यीय सहकारी भएकाले यसले अन्य बचत तथा ऋण सहकारीले जस्तो बचत लिने र बचत फिर्ता गर्नेमा मात्र केन्द्रीन नभई समग्र कृषी, पर्यटन्, उद्योगधन्दा संचालन र संम्वर्धन मार्फत जिल्लाको आर्थिक गतिबिधीलाई समेत प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले सहकारीले राजनितिक दल, क्षेत्र र जाति बिषेश नभएर समग्र क्षेत्रमा सेवाग्राहीप्रति अधिकत्तम लाभ र प्रगति प्रस्तुत गर्नेगरि नमुना बहुउदेश्यीय संस्थाका रुपमा सफलता हातपार्ने आफुले बिश्वार राखेको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस नेता शेर बहादुर बनले सेवाग्राही र बचतकर्ताको भावना अनुसार सहकारी चल्न नसक्दा धेरै सहकारी संस्थाहरु धराशायी भएको भन्दै लगानीको क्षेत्र पहिचान गरेर मात्र लगानी गर्न आग्रह गरे । उहाँले सिस्टममा सहकारी संस्था नचल्दा धेरै बचतकर्ता र सहकारी संचालकको लगानी डुवेको भन्दै यस बिषयमा सचेततापुर्वक लगानीकर्ताको समेत जिवनस्तर उकास्ने ढंगबाट बढ्न आग्रह गरे ।
कार्यक्रममा सहकारीका अध्यक्ष ईश्वर कटुवालले सेयर सदस्यहरुको सन्तुष्टि नै संस्थाको उद्देश्य भएकोले सवै सदस्यहरुको हितमा काम गरिने बताउनुभयो । नगर क्षेत्र भित्र ब्यावसाय गर्दै आएका युवाहरुको सक्रियतामा स्थापना गरिएको यो संस्थाको सेयर सदस्य बन्नको लागि समेत अध्यक्ष कटुवालले अपिल गर्नुभयो ।
प्रतिक्रिया