बिराटनगर । नजिकिदो चाडपर्वलाई लिएर प्रदेश १ प्रहरीले सुरक्षा योजना अघि सारेको छ । विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको जनाएको छ ।
त्यसैगरि, सडक दुर्घटनातर्फ लक्षित हुदै प्रहरीले राजमार्ग स्र्कटिङतर्फ १ सय ६७, ट्राफिकसहितको संयुक्त चेकिङमा ४ सय ९८ र हतियारसहित लोकमार्गमा क्रस पेट्रोलिङमा १ सय ५ जना प्रहरी खटिनेछन् ।
त्यसैगरि, दंगा नियन्त्रणतर्फ १ सय ६२ जनालाई खटाइएको जनाइएको छ। प्रवक्ता कोइरालाका अनुसार ट्राफिकतर्फ १४ जिल्लामा ३ सय ७ जना खटिनेछन्। त्यसैगरि, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चाडवाडको अवसरमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले १४ जिल्लाका विभिन्न बसपार्कहरुमा अभियानका रुपमा सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामनासहित कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया