प्रेम वहादुर थापा मगरलाई मृगौलाको उपचार गर्न आर्थिक अभाव,सहयोग यसरी गर्न सकिने



धनकुटा  । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मारेककटहरेका २५ वर्षका प्रेम वहादुर थापा मगरलाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भएको छ ।

विगत ६ महिना देखी विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराईरहनु भएको उहाँलाई आर्थिक अभाव भएपछि सहयोगको अपील गर्नुभएको छ । उच्च रक्त चापको कारण दुवै मृगौला फेल भएपछि चिकित्सकले मृगौला फेर्न सल्लाह दिएको पीडित मगरको भनाई छ ।

एउटा मात्रै मृगौला फेर्न पाएपनि केही राहत हुने भएकोले चिकित्सकले मृगौला फेर्न सल्लाह दिएको उहाँले वताउनुभयो । मृगौला नै फेर्नु पर्ने भएपछि धेरै खर्च लाग्ने तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपील गर्नुपरेको उहाँले वताउनुभयो । भोलि पनि डायलासिस गर्नुपर्ने उहाँले धनकुटा खबरलाई जानकारी गराउनुभयो ।

सहयोगको लागि उहाँले राष्ट्रिय वाणिज्य बैंकको खाता नं २०१००२५०२४१० उपलव्ध गराउनुभएको छ । साथै उहाँको मोवाईल नं ९८२४३९६७९९ रहेको छ ।

सम्बन्धित समाचार