चैनपुरः संक्रमणको आसंका गरिएको ब्यक्तिमा कोरोना नभएको पुष्टि




खाँदबारी । कोरोना भाईरसको आसंका गरिएको चैनपुर नगरपालिका ११ का सुपर तामाङमा भाईरस नभएको पुष्टि भएको छ । चैत ६ गते दुवईबाट नेपाल आईपुगेका तामाङ कोरोना भाईरसबाट संक्रमित हुनसक्ने भन्दै उनको स्वाप परिक्षणको लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

उनको स्वाप परिक्षणको नतिजा आज आएको हो । उनी धादिङका एक कोरोना संक्रमितसँगै दुवईबाट एउटै जहाजबाट नेपाल आएकोले कोरोनाको आसंका गरिएको थियो । उनको स्वाप दुई दिन अघि परिक्षणको लागि पठाईएको थियो । कोरोना संक्रमित आएकै जहाजमा तामाङ पनि आएको पत्ता लागे लगत्तै उनलाई क्वारेन्टाईनमा राखिएको थियो । तामाङमा कोरोनाको संक्रमण नेगेटिभ आएपनि अझै कम्तिमा दश दिन क्वारेन्टाईनमै बस्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

सम्बन्धित समाचार