संखुवासभा ।ब्लड क्यान्सर भएका खाँदबारी नगरपालिका-१ का ७ वर्षीय बालकको उपचारमा खर्च अभाव भएको छ। कक्षा २ मा अध्ययनरत घनेन्द्र बुढाथोकीलाई ब्लड क्यान्स भएपछि उनका बुबा सेमन्त बुढाथोकीले छोराको उपचार खर्च अभाव भएको भन्दै आर्थिक सहयोगका लागि अनुरोध गरेका छन्। खाँदबारीस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनमार्फत उनका बुबा बुढाथोकीले छोराको ज्यान बचाइदिन अपिल गरेका हुन्।
काठमाडौंको कान्तिबाल अस्पतालमा छोरोको उपचार भइरहेको र अझै वर्ष दिन अस्तालमै राखेर उपचार गराउनु पर्ने भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोगका लागि जिल्लास्थित विभिन्न संघ/संस्थालाई सहयोग गरिदिन पत्रकार सम्मेलनमा अनुरोध गरे। बुबा सेमन्तले छोराको प्रत्येक तीन दिनमा ब्लड फेर्नुपर्ने अस्पताले भनेको भए पनि खर्च अभावमा छोराको उपचारमा समस्या भएको बताए।
उनले थपे ‘छोराको उपचार गरेर बचाउन मन छ तर हामी जस्ता गरिवले कहाँ बाट २०/२५ लाख ल्याउन सक्नु।’ छोराको उपचारमा २० देखि २५ लाख सम्म लाग्ने अस्पतालको भनाइ छ। उपचारका लागि खर्च अभावमा छोरालाई अस्पालबाट घर ल्याउनु पर्ने बाध्यता रहेको उनको बताए।
ब्लड क्यान्सर घनेन्द्रको गत महिनादेखि कान्तिबाल अस्पताल उपचार भइरहेको उनको भनाइ छ। घनेन्द्र खाँदबारीकै एक निजी विद्यालयमा अध्ययरत छन्। छोराको उपचारका लागि आमा गीतादेवी घिमिरे बुढाथोकीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २०८००१८६२८१० मा सहयोग रकम जम्मा गरिदिन उनीहरूले अपिल गरेका छन्।
प्रतिक्रिया