पोखरा।गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो पदभार ग्रहण गरेका छन्। बुधबार बुद्ध एयरको जहाजबाट पोखरा विमानस्थल ओर्लेका शेरचनले २ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन्। उनलाई नेपाली सेनाले सलामी प्रदान गरेको थियो। हिन्दू धर्मअनुसार पूजाआजा गर्दै शेरचनले कार्यालय प्रवेश गरेका थिए। पुरोहितले मन्त्र पढ्दै पूmलपाती लिन लगाएका थिए।
शेरचनले पुरोहितले भनेजसरी नै फुलपाती लिएर दियो बाले। पुरोहितको मन्त्र सकिएसँगै फूलपाती चढाएर पाँचसय रुपैयाँ भेटी चढाएर आफ्नो कार्यकक्षमा प्रवेश गरे। यसअघि पोखरा विमानस्थलमा बिहान ११ बजे ओर्लने कार्यक्रम रहे पनि प्रदेश प्रमुख शेरचन आइपुग्न ढिला हुँदा करिब तीन घण्टा प्रदेश सभाका सांसदहरु, प्रमुख जिल्ला अधिकारी, अरू विशिष्ट सरकारी अधिकारीहरु कुरेर बसेका थिए।
प्रतिक्रिया