धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको रेडक्रसको रक्त सञ्चार केन्द्र(ब्लड बैंक)मा विभिन्न समुहको रगतको अभाव भएको छ ।ब्लड बैंंकबाट आवश्यक रगत तत्काल नपाउदा कतिपय गम्भीर प्रकृतिका विरामीहरुको उपचार प्रभावित हुने अवस्था छ । ब्लड बैंकमा रगत नपाउदा विरामीका आफन्तहरु आवश्यक रगत समुह भएका मान्छेहरुको खोजी गर्न भौतारिनु परिरहेको छ ।
प्रतिष्ठान पुर्वका विभिन्न जिल्लाबाट विरामी सिफारिश भएर आउने अस्पताल हो । यहाँ दुर्घटना र गम्भीर प्रकृतिको विरामीहरु उपचारको लागि आउछन् । उनीहरुलाई रगत आवश्यक पर्दा धेरैै समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
केन्द्रका इन्चार्ज सुवासचन्द्र सिंहका अनुसार चाडपर्वको कारण बर्षेनी यो समयमा रक्तदान कार्यक्रमहरु नहुने भएकोले अस्पतालमा रगत अभाव हुने गर्छ । तिहार पछि केही संघसंस्थाले रक्तदान कार्यक्रम गरेकोले अहिले थोरै भएपनि राहत भएको उनले बताए । ‘दशैं, तिहार, छठ पर्वको बेला रक्तदान कार्यक्रमहरु हुदैन, त्यसैले यो बेला रगतको अति अभाव हुन्छ,’सिंहले भने,‘केही संस्थाले रक्तदान गरेकोले राहत त भयो, तर वि पोजेटिम ग्रुप पाउन अझैं पनि समस्या छ ।’
प्रतिक्रिया