कञ्चनपुरमा जंगली हात्तीको बथानले पुर्यायो भौतिक क्षति



कञ्चनपुर।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ स्थित धार्मिक क्षेत्र मणिका धाममा जंगली हात्तीको बथानले बिहीबार बिहान भौतिक क्षति पुर्‍याएको छ। धार्मिक क्षेत्र परिसरमा निर्माण गरिएका धर्मशाला, ध्वनिघर, गोदाम घर, साधु बस्ने कुटिय भत्काउनुका साथै पानीको धारा, सोलार प्यानल र भाँडाकुडालगायत तोडफोड गरेर क्षति पुर्‍याएको वडा अध्यक्ष बहादुर महराले बताए।

मन्दिर परिसरमा निर्माण गरिएको भौतिक संरचना भत्काउँदा सात लाख बढीको क्षति पुगेको छ उनले भने, ‘३०/३५ को संख्यामा रहेको हात्तीको बथान धार्मिक क्षेत्रमै भएकाले मन्दिरमा आउने श्रद्धालु त्रसित भएका छन्।’ मन्दिरका भौतिक संरचना स्थानीय बासिन्दाबाट संकलित रकमबाट निर्माण गरिएका थिए।  हात्तीका कारण हुने मानवीय क्षति हुन नदिनका  लागि धार्मिक क्षेत्र र नजिकको सामुदायिक वन क्षेत्रमा स्थानिय बासिन्दालाई छिर्नमा रोक लगाइएको उनले बताए।

सम्बन्धित समाचार