काठमाण्डौ । भारतले एकतर्फी रुपमा नेपालको भूमि आफ्नो दाबी गर्दै निकालेको नयाँ राजनैतिक नक्साप्रति नेताहरुले विरोध जनाउँदै तत्काल सम्वादमार्फत सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
भारतले एक साताअघि सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राखेपछि त्यसको देशव्यापी रुपमा विरोध भइरहेको छ । भारतले जारी गरेको नक्सामा कालापानी, लिम्पियाधुरा राखिएको र त्यसबारे कसरी अघि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले शनिबार सर्वपक्षीय भेला डाक्नुभएको थियो ।
पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरुले कालापानी नेपालको रहेकोमा कुनै विवाद नरहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारतसँगको सीमा विवाद दीर्घकालीन ढंगबाट समाधान गरिनुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालमा सीमासम्बन्धी राष्ट्रिय सहमति बनेकाले पनि सबैको सहयोगमा दीर्घकालीन रुपमा समाधानको बाटो खोज्नुपर्ने उहाँको सुझाव थियो ।
प्रतिक्रिया